मंसिर ४ मा प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन

राजविराज, १९ साउन । एकैसाथ प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन सम्पन्न गर्ने गरी सरकारले मिति तय गरेको छ ।

विहीबार बसेको मन्त्री परिषद्को बैठकले मंसिर ४ गतेको मिति तय गरेको हो । प्रतिनिधि सभाको १६५ निर्वाचन क्षेत्र र सात प्रदेशका ३३० प्रदेश सभा निर्वाचन क्षेत्रमा प्रत्यक्ष चुनाव हुने जनाईएको छ । यस अघि निर्वाचनको मिति नतोकिएका कारण निर्वाचनबारे अन्यौलता रहँदैआएको थियो ।

यता सांसदहरूको पदावधि मंसिर २१ गते सकिने निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले सञ्चारमाध्यमहरुलाई प्रतिक्रिया दिएका छन् । विहीबार आयोगमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै थपलियाले चुनावमा निर्वाचित भएको मितिबाट पदावधि प्रारम्भ हुने र सोही बमोजिम सांसदहरूको कार्य अवधी मंसिर २१ गतेसम्म रहन सक्ने बताएका छन् ।

Author:



क्याटोगरी छान्‍नुहोस