थप ६६० जनामा कोरोना संक्रमण पुष्टि, एकको मृत्यु

जनकपुरधाम । नेपालमा पछिल्लो २४ घण्टामा थप ६६० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४ हजार ६८२ जनाको स्वाब परीक्षण गर्दा सो संख्याका संक्रमित थपिएका हुन् ।

पीसीआर विधिबाट ३२६ तथा एन्टिजेन विधिबाट ३३४ जनाको परीक्षण गरिएको थियो । त्यस्तै, सोही अवधिमा ४४४ जना निको भएका छन् ।

त्यस्तै, कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा थप १ जनाको मृत्यु भएको छ । हाल देशभरमा ५ हजार ६४१ जना सक्रिय संक्रमित छन् ।

Author:

क्याटोगरी छान्‍नुहोस