सप्तकोशी नदीमा पानीको वहाव बढ्दो, ३३ वटा ढोका खोलियो

राजविराज । निरन्तरको वर्षाका कारण सप्तकोशी नदीमा पानीको वहाव उच्च भएको छ । वहाव अझैं बढ्दो नै रहेकोले ब्यारेज प्रशासनले खतराको संकेत स्वरुप रातो बत्ति बालेको छ भने ५६ मध्ये ३४ वटा ढोका खुला गरिएको छ ।

शनिबार साँझ ६ बजे गरिएको मापनअनुसार पानीको वहाव प्रतिसेकेण्ड २ लाख ३१ हजार ९२० क्युसेक छ ।

यसअघि दिउँसो ३ बजे पानीको वहाव प्रतिसेकेण्ड २ लाख २३ हजार ७७५ क्युसेक मापन गरिएको थियो । यद्यपी, अहिलेसम्म कुनै खतरा भने नरहेको ब्यारेज प्रशासनले जनाएको छ ।

प्रशासनका अनुसार व्यारेजमा पानीको वहाव ३ लाख कट्नासाथ खतराको बढि सम्भावना रहने गरेको छ । कोशी ब्यारेजमा ९ लाख ५० हजार क्युसेक पानी भारवहन क्षमता भएपनि ब्यारेजभन्दा माथिल्लो भागमा वालुवा थुप्रिएका कारणले ३ लाख कटनासाथ बढी खतराको हुने सम्भावना रहेको प्राविधिहरुले बताएका छन् ।

स्मरण रहोस्, २०६५ भदौ २ गते एक लाख ६८ हजार क्यूसेक पानीको वहाव हुदाँ सप्तकोशी नदीले पूर्वी तटबन्ध भत्काएको थियो । त्यतिबेला कोशीले पूर्वी तटबन्ध भत्काउँदा तत्कालिन ४ वटा गाविसका मानववस्तीमा पानी पसेको थियो ।

Author:



क्याटोगरी छान्‍नुहोस