आन्दोलित मधेश सरकार–आज पत्र मार्फत प्रमलाई ध्यानाकर्षण गराउँदै

जनकपुरधाम । प्रहरी समायोजनको मुद्दा लिएर संघर्ष सुरु गरेका मधेश प्रदेश सरकारले आज प्रधानमन्त्री शेरबहादुर देउवाका लागि ध्यानाकर्षण पत्र बुझाउँदैछ ।

संघर्षको कार्यक्रम तहत आज मुख्यमन्त्री लालबाबु राउत नेतृत्वमा प्रदेश प्रमुख हरिशंकर मिश्रमार्फत प्रधानमन्त्री देउवालाई सो पत्र बुझाइने गृह तथा सञ्चार मन्त्री भरत प्रसाद साहले जानकारी दिए ।

उनका अनुसार ११ बजेतिर बुझाइने सो पत्रमा प्रहरी समायोजन सम्बन्धी विषय उल्लेख गरिएको छ ।

यसअघि गत बुधवार नै प्रदेश सरकारले पत्रकार सम्मेलनमार्फत संघीयता कार्यान्वयनमा संघ सरकार उदासिन देखिएकोले संघर्ष गर्नुपरेको जनाएको थियो ।

Author:



क्याटोगरी छान्‍नुहोस