राजविराज विमानस्थलमा चेकलिंक फेन्स बनाउन डेढ करोड

जनकपुरधाम । देशका विभिन्न विमानस्थल स्तरोन्नतिका लागि नागरिक उड्डयन प्राधिकरणले बजेट विनियोजन गरेको छ ।

चालु आर्थिक वर्षमा सो विमानस्थलहरुमा रन–वे, ट्याक्सी–वे, एप्रोन निर्माण लगायतका कार्य गर्न कुल १ अर्ब २३ करोड ७६ हजार रूपैयाँ बजेट विनियोजन गरेको हो । विनियोजित बजेटअनुसार राजविराज विमानस्थलमा चेनलिंक फेन्स बनाउन १ करोड ५० लाख रुपैयाँ छुट्याइएको छ ।

विमानस्थलहरुको स्तरोन्नति, टर्मिनल भवन निर्माण लगायत संरचना निर्माण कार्य प्राथमिकतामा राखिएको प्राधिकरणले जनाएको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस