कहाँसम्म पुग्यो सप्तरीमा बन्ने प्रतिष्ठानको निर्माण प्रक्रिया ?

राजविराज । सप्तरीमा निर्माण हुन लागेको रामराजा प्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठानको विस्तृत परियोजना प्रतिवेदन (डिपीआर) तयार पार्न सम्झौता भएर अन्य प्रारम्भिक कार्य सुरु भएको छ ।

सम्झौतासँगै भवन निर्माणअघिका अन्य प्रारम्भिक प्रक्रिया अघि बढाइएको रामराजा प्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान, पुर्वाधार तयारी विकास समितीले पत्रकार सम्मेलनमार्फत जानकारी दिए ।

राजविराज नगरपालिका–१० विरौलमा ६२ विघा जग्गामा निर्माण हुने सो प्रतिष्ठानका लागि डिपीआर तयार पार्न डिजीकोन कन्सलटेन्सी कम्पनीसँग सम्झौता भएको समितीका कार्यकारी अध्यक्ष डा. रोहित पोखरेलले बताए ।

‘प्रस्तावित जग्गाको घेरवार, वातावरणीय प्रभाव मुल्यांकन, भुमिको अवस्था, माटोको परिक्षण लगायतको काम यस अघि नै भइसकेको छ’ उनले भने ‘तीन दिनअघि मात्र डिपीआरका लागि सम्झौता भएको छ ।’

उनका अनुसार ७ करोडमा नक्शा र भवन निर्माणसम्मको मोनिटरिङ्ग गर्ने जिम्मा सो कम्पनीलाई दिइएको हो ।

पत्रकार सम्मेलनमा प्रतिष्ठानका निर्देशक डा.रंजित झाले डिपीआरको कामलाई दुई चरणमा विभाजन गरिएको बताए । पहिलो चरणमा ४ महिनाभित्र नक्शा र डिजाईनको काम सम्पन्न हुनेछ भने सोपछि संरचना निर्माणको काम सुरु हुने र तीन वर्षभित्र निर्माण कार्य सम्पन्न गरिसक्ने लक्ष्य रहेको उनले जानकारी दिए ।

Author:



क्याटोगरी छान्‍नुहोस