सप्तरीमा पोखरीमा डुबेर दुई जनाको मृत्यु

file photo

राजविराज, २४ साउन । सप्तरीको छिन्नमस्ता र विष्णुपुर गाउँपालिकामा पोखरीमा डुबेर दुई जनाको मृत्यु भएको छ ।

मंगलबार छिन्नमस्ता गाउँपालिका–४ लालापटीस्थित रहेको डिहबार थानको पुर्व पट्टि रहेको पोखरीमा झापाको घैलाडुवा गाउँपालिका वडा नं.६ घर भएका २ वर्षिय दिप पण्डितको पोखरीमा डुबेर मृत्यु भएको हो ।

हजुरबुवा देव नारायण पण्डितको घरमा पहुना आएको दिप खेल्ने क्रममा चिप्लेर पोखरी डुबेका थिए । चिकिस्त बनेका दिपलाई उपचारको लागि राजविराजस्थित गजेन्द्र नारायण सिंह अस्पतालमा भर्ना गर्दा सोही क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक माधवप्रसाद काफ्लेले बताए ।

त्यस्तै, विष्णुपुर गाउँपालिका–३ का ३५ वर्षिय लल्कु भनिने शिवशंकर सदाको पनि पोखरीमा डुबेर मृत्यु भएको छ । वडा नम्वर १ र ३ स्थित कट्टि मुसरीमा रहेको सार्वजनिक पोखरीमा कमलको फुल टिप्न पुगेका सदा डुबेको थियो ।

दुवै घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी नायव उपरीक्षक काफ्लेले बताए ।

Author:



क्याटोगरी छान्‍नुहोस