सप्तरीमा प्रहरी र स्थानीयबीच झडप हुँदा गोली चल्यो

जनकपुरधाम, ७ भदौ । सप्तरीको बलान विहुल गाउँपालिका–४ बेल्हीमा स्थानीय र प्रहरीबीच झडप भएको छ । तस्करी गरेर ल्याइएको समान बरामद गर्ने क्रममा झडप भएको हो ।

मंगलबार दिउँसो घर खानतलासी गर्न पुगेका प्रहरीलाई अवरोध पुर्याएपछि विवाद सुरु भएको थियो । विवाद बढ्दै प्रहरी र स्थानीय बीच झडप भएको र झडपमा परेर केही प्रहरी र स्थानीय घाइते भएको प्रहरी नायव उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिए ।

स्थिती नियन्त्रणमा लिन प्रहरीले ३ राउण्ड हवाइ फायर समेत गरिएको उनले बताए ।

Author:



क्याटोगरी छान्‍नुहोस