तराईमा तापक्रम बढ्ने, सतर्कता अपनाउन अनुरोध

जनकपुरधाम । तराईका जिल्लामा तापक्रम बढ्ने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाले शुक्रबार विहान एक विज्ञप्ति जारी गर्दै तराईका जिल्लामा बस्नेलाई गर्मीबाट बच्न आवश्यक सतर्कता अपनाउन समेत भनेको छ ।

‘तराईका केही स्थानहरूमा तापक्रम बढ्ने सम्भावना रहेकोले गर्मीबाट बच्न आवश्यक सतर्कता अपनाउनु हुन अनुरोध छ,’ महाशाखाले भनेको छ ।

तराईका जिल्लामाहरुमा पछिल्ला दिन वर्षा कम भइरहेको कारण तापक्रम वृद्धि भइरहेको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस