अखाद्य वस्तुको उपयोगले वर्षेनी ६० करोडले ज्यान गुमाउँदै

राजविराज । अखाद्य वस्तुको उपयोगले विश्वभर वर्षेनी ६० करोडभन्दा बढीको अकालमै मृत्यु हुने गरेको तथ्यांक सार्वजनिक गरिएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय राजविराजले विहिवार आयोजना गरेको खाद्य स्वच्छता सम्बन्धी सचेतना कार्यक्रममा सो तथ्यांक सार्वजनिक गरिएको हो ।

डिभिजन कार्यालय राजविराजका प्रमुख सुरेशकुमार सिंहले उपभोक्ताले सेवन गर्ने खाद्य पदार्थ कुन उपयुक्त वा अनुपयुक्त हो भन्ने छुट्याउन नसक्नुले उपभोक्ताको स्वास्थ्यमा गम्भीर असर पुर्याइरहेको बताए ।

‘त्यसरी अखाद्य वस्तुको उपयोगले वर्षेनी ६० करोडले अकालमै ज्यान गुमाउने गरेको तथ्य विश्व स्वास्थ्य संगठनले केही समयअघि मात्रै सार्वजनिक गरिसकेको छ’ उनले भने ‘यो भयावह स्थितिबाट जोगिन उपभोक्तालाई सचेत हुनु जुरुरी छ ।’

उनले उपभोक्ता हितकालागि उद्योग बजार तथा होटलको निरिक्षण तथा अनुगमन कार्यलाई तीव्रता दिँदै आएको बताए ।

‘सर्वसाधारणको स्वास्थ्यलाई ध्यानमा राखि खाद्य पदार्थमा कुनै आवान्छनीय मिसावट गर्न गर्न मिल्दैन्’ उनले भने ‘खाद्य पदार्थको उचितस्तरलाई कायम राख्न कानुनी व्यवस्था अन्तर्गत खाद्य ऐन २०२३ तथा खाद्य नियमावली २०२७ जारी भइसकेको र यसलाई प्रभावकारी ढंगले कार्यान्वयमा ल्याइनेछ ।’

Author:



क्याटोगरी छान्‍नुहोस