निर्वाचनका लागि नयाँ गाडी खरिद गर्न प्रहरीलाई ७५ करोड

जनकपुरधाम । आगमी मंसिर ४ गते हुने प्रदेश र प्रतिनिधिसभाको निर्वाचनका लागि प्रहरीलाई नयाँ गाडी खरिद गर्न ७५ करोड रुपैयाँ उपलब्ध गराइएको छ । प्रहरीले चुनावका लागि ७ सय नयाँ गाडी आवश्यक रहेको प्रस्ताव गृह मन्त्रालयलाई पठाएको थियो ।

सो प्रस्तावबारे गृहले अर्थ मन्त्रालयसँग बजेट माग गरेको थियो । तर, अर्थ मन्त्रालयले प्रहरीलाई चुनावका लागि गाडी खरिद गर्न ७५ करोड रुपैयाँ मात्रै उपलब्ध गराएको छ । सो रकमले करिब १ सय ८० को हाराहारीमा नयाँ गाडी खरिद गर्न सकिने प्रहरी प्रवक्ता डीआईजी टेकप्रसाद राईले जानकारी दिए ।

अर्थ मन्त्रालयले प्रतिगाडी ५० लाखभन्दा मुनिको खरिद गर्न प्रहरी प्रधान कार्यालयलाई भनेको छ । निर्वाचनको सुरक्षाका लागि आवश्यक पर्ने थप गाडी भने प्रहरी प्रधान कार्यालयले भाडामा लिने डीआईजी राईको भनाइ छ । ७५ करोडको गाडी सार्वजनिक खरिद प्रक्रियाबाट खरिद गर्दा समय लाग्ने भएकाले जीटुजीमार्फत खरिद गर्ने योजना सरकारको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस