मधेस प्रदेशका मुख्यन्यायाधिवक्ता झाद्वारा राजीनामा

जनकपुरधाम। मधेस प्रदेशका मुख्यन्यायाधिवक्ता दिपेन्द्र झाले आफ्नो पदबाट राजीनामा दिएका छन् । शनिबार उनले मुख्यमन्त्री लालबाबु राउतलाई आफ्नो राजीनामा पत्र बुझाएका हुन् ।

आसन्न प्रतिनिधिसभाको चुनाव लड्न राजिनामा दिएका हुन् । झा महोत्तरीको क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा निर्वाचन लड्ने तयारीमा छन्। निर्वाचनमा लड्न उनी जनता समाजवादी पार्टीमा प्रवेश गर्न लागेका हुन् ।

मधेस प्रदेश सरकार गठन भएपछि ६ फागुन २०७४ मा प्रदेश सरकारको सिफारिसमा झालाई तत्कालीन प्रदेश प्रमुख रत्नेश्वर लाल कायस्थले मुख्यन्यायाधीवक्ता नियुक्त गरेका थिए ।

Author:



क्याटोगरी छान्‍नुहोस