सडक दुर्घटनामा परेर दुई प्रहरीको मृत्यु

विराटनगर । सुनसरीको कोसी गाउँपालिका–१ मा शनिवार पिकअप भ्यानले ठक्कर दिँदा मोटरसाइकलमा सवार दुई जना प्रहरीको मृत्यु भएको छ ।

पूर्वतर्फ आउँदै गरेको बा ६० प ४४९२ नम्वरको मोटरसाइकललाई विपरीत दिशाबाट जाँदै गरेको को २ च २६४९ नम्वरको पिकअप भ्यानले ठक्कर दिएको थियो । ठक्करबाट सप्तरीको सप्तकोसी नगरपालिका–३ का प्रहरी हवल्दार दुर्गानन्द चौधरी र सशस्त्र प्रहरी सहायक हवल्दार प्रकाश गोजेवारको मृत्यु भएको सुनसरीका प्रहरी नायब उपरीक्षक राजकुमार राईले जानकारी दिए ।

ठक्करबाट चौधरीको घटनास्थलमै र गोजेवारको उपचारका क्रममा जिल्ला अस्पताल इनरुवामा मृत्यु भएको उनले बताए । चौधरी श्रम तथा रोजगार मन्त्रालय प्रदेश नं १ मा कार्यरत थिए भने गोजेवार मोरङको धनपतिमा कार्यरत थिए ।

ठक्कर दिने भ्यानका चालक कोसी गाउँपालिका–३ का दीपक गोसाईँलाई नियन्त्रणमा लिइएको जनाएको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस