प्रदेश १ का मुख्यमन्त्री राईलाई मातृशोक

विराटनगर । प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईलाई मातृशोक परेको छ । नेकपा (एकीकृत समाजवादी) का सचिव समेत रहेका राईकी आमा धनकुमारी राईको सोमबार बिहान ८४ वर्षको उमेरमा निधन भएको हो ।

श्वासप्रश्वासमा समस्या भएपछि धनकुमारीको विराटनगरस्थित मोरङ सहकारी अस्पतालको सघन कक्षमा उपचारका क्रममा उपचार भइरहेको थियो ।

उपचारकै क्रममा उनको मृत्यु भएको मुख्यमन्त्री राईको सचिवालयले जनाएको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस