सप्तरी–४ः मेयरमा पराजित हेमायु प्रतिनिधि सभा सदस्यका लागि सिफारिस

राजविराज, २० भदौ । सप्तरी निर्वाचन क्षेत्र नम्वर ४ बाट प्रतिनिधि सभा सदस्यका लागि हेमायु हक सिफारिस भएका छन् ।

जनता समाजवादी पार्टी (जसपा) नेपालका सप्तरी निर्वाचन क्षेत्र नम्बर ४(क) का क्षेत्रिय अध्यक्ष रहेका हेमायुको नाम प्रतिनिधि सभा सदस्यका लागि सिफारिस भएर आएको पार्टीका जिल्ला कोषाध्यक्ष वृजमान तामाङले जानकारी दिए ।

हेमायु गत वैशाख ३० गते भएको स्थानीय तह निर्वाचनमा मेयर पदमा पराजित भएका थिए । निवर्तमान मेयर समेत रहेका हेमायु पुनः खडक नगरपालिकामा मेयरका लागि उम्मेदवार बनेका थिए ।

निर्वाचनमा हेमायुले ५ हजार ६७ मत प्राप्त गर्दा नेकपा माओवादीका जयप्रकाश चौधरीले ५ हजार ८८२ मत पाएर निर्वाचित भएका थिए ।

सो निर्वाचन क्षेत्रमा जसपाबाटै पार्टीका राष्ट्रिय अध्यक्ष उपेन्द्र यादव, मनोज यादव र मनोजकुमार यादवको नाम प्रतिनिधि सभा सदस्यका लागि सिफारिस भएको हो ।

Author:



क्याटोगरी छान्‍नुहोस