भदौ ३० गतेदेखि म्यादी प्रहरीको भर्ना खुल्ने

जनकपुरधाम । आसन्न निर्वाचनको सुरक्षाका लागि आगामी भदौ ३० गतेदेखि म्यादी प्रहरीको भर्ना खुल्ने भएको छ ।

भर्ना प्रक्रियाका लागि गृह मन्त्रालयले म्यादी प्रहरी छनोट मापदण्ड स्वीकृत गरेको बताइएको छ ।प्रहरी प्रधान कार्यालयले भदौ २६ मा म्यादी प्रहरी भर्नासम्बन्धी सूचना प्रकाशन गर्नेछ भने भदौ ३० देखि असोज ६ गतेसम्म भर्ना लिइनेछ ।

छनोट प्रक्रियामा स्थानीय निर्वाचनमा खटिएका म्यादी प्रहरीलाई प्राथमिकता दिइने नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता डीआईजी टेकप्रसाद राईले जानकारी दिए ।

Author:



क्याटोगरी छान्‍नुहोस