सप्तरीमा फेला परे डेङ्गुका विरामी

राजविराज, २१ भदौ । सप्तरीको खडक नगरपालिकामा डेङ्गुका विरामी फेला परेका छन् । धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा केही दिनअघि परीक्षण गराउँदा वडा नम्वर ८ ढोलबजाका एक व्यक्तिमा डेङ्गु फेला परेको स्वास्थ्य कार्यालय सप्तरीका प्रमुख दुनियालाल यादवले जानकारी दिए ।

‘डेङ्गु फेला परेसँगै स्थानीय तहलाई पत्राचार गरी परिवारका अन्य सदस्य र छिमेकीहरुको परीक्षण गर्नका लागि हामीले किट उपलब्ध गराइसकेका छौं’ उनले भने ‘हाल ती विरामीको स्वास्थ्य अवस्था सुधारोन्नमुख छ ।’

उता, नगरपालिकाका स्वास्थ्य शाखाका कर्मचारी जाकिर हुसेनले डेङ्गु फेला परेका विरामीका आफन्त र छिमेकीलाई परीक्षण पछि रोकथामका लागि अन्य तयारी थालिएको बताए ।

‘१० जनालाई परीक्षण गर्दा सबैको रिपोर्ट नेगेटिभ आएको छ’ मधेशलाइभसँग कुरा गर्दै उनले भने ‘पालिकाभरि औषधी छर्कन हामीले तयारी थालेका छौं ।’

औषधी छर्कनका लागि मेसिन खरिद प्रक्रिया अघि बढाइएको उनले बताए । लामखुट्टेको टोकाईबाट लाग्ने यो रोगबाट बच्न सरसफाईमा ध्यान दिन उनले सबैमा आग्रह समेत गरे ।

Author:



क्याटोगरी छान्‍नुहोस

कम्प्युटर तालिमको सर्टिफिकेट फाइलमा राख्न होइन, काम जान्ने गरी सिकौ । बर्षौ देखिको अनुभव प्राप्त प्रशिक्षकद्धारा तपाईको कम्प्युटर सिप विकास गर्न हामि प्रतिवद्ध छौं । सम्पर्कः BUSINESS WITH TECHNOLOGY PVT. LTD. Rupani Road, Rajbiraj Om Shanti Marg, Near at NTC Tower, Rajbiraj 56400 , 9804752133, 031-530780