वीरगञ्ज महानगरको निर्देशन : ३५ दिनभित्र सडक दायाँ–बायाँमा पर्ने घरको नक्सा लिएर आउनु

जनकपुरधाम । वीरगञ्ज महानगरपालिकाले सडकको दायाँ–बायाँमा निर्माण भएका घरहरूको ३५ दिनभित्र नक्सा भए/नभएको प्रमाणसहित उपस्थित हुन सूचना जारी गरेको छ ।

महानगरले मंगलबार जारी गरेको सो सूचनामा १ नम्वर मेनरोड उत्तर गण्डक चौकदेखि पावरहाउस, भन्सार कार्यालय हुँदै दक्षिण शंकराचार्य गेटसम्म सडक दायाँ–बायाँमा निर्माण भएका घरहरुको नक्स स्वीकृत भए/नभएको प्रमाणसहित उपस्थित हुन निर्देशन दिइएको छ ।

‘यस महानगर अन्तर्गत पर्ने १ नं. मेनरोड उत्तर गण्डक चौकदेखि पावरहाउस, घण्टाघर, माइस्थान, महाविरस्थान, आदर्शनगर, अलखिया मठ मन्दिर, विर्ता मन्दिर, सिगरेट फैक्ट्र गेट, नारायणी अस्पताल, वीरगञ्ज भन्सार कार्यालय हुँदै दक्षिण शंकराचार्य गेटसम्म सडकका दायाँ–बायाँमा निर्माण भएका घरहरुको नक्स स्वीकृत भए÷नभएको सोको सबुत प्रमाण लिई सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र यस कार्यालयको भवन निर्माण तथा इजाजत शाखामा आफुसँग भएको सबुत प्रमाणसहित उपस्थित हुन यो सूचना प्रकाशित गरिएको छ ।’, सूचनामा भनिएको छ ।

यन्यथा स्थानीय सरकार सञ्चालन ऐन २०७४ बमोजिम कारवाही गर्ने सूचनामा उल्लेख गरिएको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस