बाल यौन दुरुपयोग मुद्दामा नायक शाहलाई २ वर्ष ६ महिना कैद

जनकपुरधाम, २१ भदौ । जिल्ला अदालत पूर्वी नवलपरासीले नायक पल शाह (पूर्णविक्रम शाह)लाई बाल यौन दुरुपयोग मुद्दामा २ वर्ष ६ महिना कैद सजाय गरेकोे छ ।

मंगलबार जिल्ला न्यायाधीश यज्ञप्रसाद आचार्यको इजलासले उनलाई दोषी ठहर गर्दै २ वर्ष ६ महिना कैद सजाय सुनाएका हुन् ।

साथै पीडित बालिकालाई १० लाख रुपैयाँ क्षतिपूर्ति दिन पनि भनेको छ । अदालतले बलात्कारको मुद्दामा भने सफाई दिएको छ ।

गत फागुन १५ गते नाबालिकामाथि जबर्जस्ती करणी गरेको भन्दै शाह पक्राउ परेका थिए ।

Author:



क्याटोगरी छान्‍नुहोस