पर्सामा करेन्ट लागेर दुई जना मजदुरको मृत्यु

जनकपुरधाम – पर्सामा करेन्ट लागेर दुई जना मजदुरको मृत्यु भएको छ । सोमबार बेलुका जिल्लाको धोबिनी गाउँपालिका र वीरगञ्ज महानगरपालिकामा करेन्ट लागेर दुई जना मजदुरको मृत्यु भएको हो ।

धोबिनी गाँउपालिका–३ हरिहरपुरका ३० वर्षीय सैफुल्लाह अन्सारी र वीरगञ्ज महानगरपालिका–९ रानीघाटका ६० वर्षीय ध्रुवप्रसाद साहको करेन्ट लागेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

वीरगन्ज–२६ का स्थानीय रामकिशोरप्रसाद कुर्मीको घरको छत प्लाष्टर गर्ने क्रममा विद्युतको पोलको तारमा छुदा अंसारीलाई करेन्ट लागेको थियो ।

त्यस्तै, वीरगन्ज–८ बसपार्कमा सत्रुधन सर्राफको घरको छानो सफाई गर्दा करेन्ट लागेर गम्भीर घाइते भएका साहलाई उपचारका लागि अस्पताल लैजाँदै गर्दा मृत्यु भएको प्रहरीले जनाएको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस