सप्तरी–४ का जनताको गुनासो–जितेर गएकाहरु कहिले फर्केर आएनन् (भिडियो)

राजविराज – आगामी मङ्सिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनका लागि उम्मेदवारहरु चुनावी प्रचारको तयारी थालेका छन् भने केही उम्मेदवारहरु मतदातादेखि नेता–कार्यकर्तालाई भेटघाट गर्ने कार्यमा व्यस्त छन् ।

मतदातालाई आफ्नो पक्षमा पार्न केहीले आफ्ना प्रतिबद्धता समेत सार्वजनिक गरिरहेका छन् त केही प्रतिबद्धता सार्वजनिक गर्ने गृह कार्यमा लगेका हुन् । आम जनताका समस्या, दुःख र पीडालाई नै समाधान गर्ने प्रतिबद्धता सार्वजनिक गरिरहेका उम्मेदवारहरुको प्राथमिकता पनि देखिएको छ ।

तर, यसअघि त्यस्तै खाले प्रतिबद्धता जाहेर गरेर चुनाव जितेर गएका उम्मेदवारहरुले प्रतिबद्धताअनुसारको काम नगर्दा सप्तरीको निर्वाचन क्षेत्र नम्वर ४ का मतदाताहरुमा निरासा छाएको छ । चुनावको बेला नानाथरी आश्वासन बाँड्दै हिड्ने उम्मेदवारहरु जितेर गएपछि मुखसम्म देखाउन नआउदा आफुहरुको समस्या ज्यूँका त्यूँ नै रहेको बलान विहुल गाउँपालिका–५ रामनगर कोदरकट्टीका मतदाताहरुको दुखेसो छ ।

Author:



क्याटोगरी छान्‍नुहोस