महोत्तरीको भंगाहामा अनिश्चितकालीन कर्फ्यू

जनकपुरधाम – महोत्तरीको भंगहा नगरपालिका–८ मा दुई पक्षबीच हिंसा भड्किएपछि अनिश्चितकालका लागि कर्फ्यु आदेश जारी भएको छ ।

हिंसा नियन्त्रणमा लिन कर्फ्यु आदेश जारी गर्नु परेको जिल्ला प्रशासन कार्यालय महोत्तरीले जनाएको छ । वडा नम्वर ८ को दक्षिणमा पररियाको सम्पूर्ण क्षेत्र, उत्तरपूर्वमा ब्रह्मस्थान पररिया, उत्तरमा धरमपुरभन्दा दक्षिण, पूर्वमा लोहारपट्टी नगरपालिकाको वडा नम्बर १ मा पर्ने बगडाचोक, पश्चिममा इलाका प्रहरी कार्यालय लोहारपट्टीस्थित पुलसम्म प्रशासनले कर्फ्यु आदेश जारी गरेको हो ।

सहायक प्रमुख जिल्ला अधिकारी उपेन्द्र न्यौपानेले दिउँसो ३ बजेबाट लगाइएको कर्फ्यु अर्को आदेश जारी नभएसम्म जारी रहने जानकारी दिए ।

बिहान करिब १० बजेतिर हिन्दु सेना सम्राटले मार्च पास निकालेका थिए। त्यसै क्रममा दुबै पक्षबीच झडप भएको थियो । दुबैतर्फबाट भएको ढुंगामुढाको क्रममा सुरक्षाकर्मीसमेत गरी झन्डै एक दर्जन व्यक्ति घाइते भएको महोत्तरीका प्रहरी प्रवक्ता डिएसपी चन्देश्वर यादवले जानकारी दिए।

घाइतेहरुको अवस्था सामान्य छ भने अवस्था तनावग्रस्त भएपछि प्रहरीले ३२ राउन्ड बढी हवाई फायर गरेका थिए ।

Author:



क्याटोगरी छान्‍नुहोस