इरानमा अतिवादी हमलामा १५ जनाको मृत्यु, ४० घाइते

तेहरान – दक्षिणी इरानको शिराज सहरमा रहेको शिया धार्मिक स्थलमा भएको आक्रमणमा कम्तीमा १५ जनाको मृत्यु भएको छ भने अन्य ४० जना घाइते भएका छन्।

मारिनेमा एकजना महिला र अरु दुई बालबालिका छन्। सो धार्मिकस्थलमा रहेका सुरक्षाकर्मीलाई लक्ष्य गरेर हमला गरिएको बताइएको छ।

बुधबार भएको उक्त आक्रमणमा घाइते भएकामध्ये केहीको अवस्था गम्भीर छ। आक्रमणमा संलग्न तीन जनामध्ये एकलाई प्रहरीले हिरासतमा लिएको छ। आक्रमणको प्रहरीले अनुसन्धान गरेको छ।

Author:



क्याटोगरी छान्‍नुहोस