सप्तरीमा टिपरको ठक्करले स्कुले बालिकाको मृत्यु भएपछि तनाव

राजविराज, ५ पौष । सप्तरीको रुपनीमा आज विहान टिपरको ठक्करले स्कुले बालिकाको मृत्यु भएपछि त्यहाँको स्थिति तानवग्रस्त बनेको छ ।

पूर्व पश्चिम राजमार्ग अन्तर्गत गाउँपालिका–१ स्थित ना १ क ८५४२ नम्वरको टिपरले सोही वडाका शंकर यादवकी १२ वर्षीया छोरी रिताकुमारी यादवलाई ठक्कर दिएको हो ।

ठक्करबाट विद्यालय गइरहेकी बालिकाको घटनास्थलमै मृत्यु भएपछि उनका आफन्त र स्थानीयले आक्रोशित छन् ।

उनीहरुले राजमार्गमा अवरुद्ध गरी प्रदर्शन गरिरहेका छन् । सोही क्रममा प्रहरीले ८ राउण्ड अश्रुग्यास र १० राउण्ड हवाइ फायर गरेको छ भने अवस्था नियन्त्रणमा लिन जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक नरेशकुमार सिंह नेतृत्वमा प्रहरी टोली परिचालन गरिएको जनाएको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस