पत्रकार धम्क्याउनेलाई कारबाहीको माग गर्दै सिडिओलाई ज्ञापन पत्र

राजविराज, ५ पौष । पत्रकार धम्क्याउनेलाई कारबाहीको माग गर्दै आन्दोलित नेपाल पत्रकार महासंघ शाखा सप्तरी आवद्ध सञ्चारकर्मीहले आज प्रमुख जिल्ला अधिकारी (सिडिओ)लाई ज्ञापन–पत्र बुझाएका छन् ।

महासंघका अध्यक्ष श्रवणकुमार देवको नेतृत्वमा पुगेका सञ्चारकर्मीको टोलीले सिडिओ भूपेन्द्र थापालाई ज्ञापन–पत्र बुझाएका हुन् । ज्ञापन–पत्रमा पत्रकारलाई ज्यानमार्ने धम्की दिनेलाई कानूनी दायरामा ल्याउन प्रहरीले तदारुकता नदेखाएपछि आन्दोलिन हुन बाध्य भएको उल्लेख गरिएको छ ।

महासंघ शाखा सप्तरीले थालेको आन्दोलनबारे सिडिओ थापालाई जानकारी समेत गराइएको महासंघका सचिव रामनारायण विश्वासले जानकारी दिए । नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय सदस्य समेत रहेका सप्तरी शाखाका सदस्य अवधेशकुमार झाले कान्तिपुर दैनिक पत्रिकामा राजविराज नगरपालिका कार्यालयको समाचार लेखेका थिए ।

सोही समाचारलाई लिएर गत मंसिर १९ गते नसरुल राजा र मो. सजाद नामक फेसबुक आईडीवाट ज्यानमार्ने धम्की दिएका थिए । धम्कीपछि महासंघ शाखा सप्तरीले दोषीलाई कारवाहीको माग गर्दै जिल्ला प्रहरी कार्यालयमा निवेदन दिएपनि प्रहरीले कानूनी प्रक्रिया अघि बढाउन आलटाल गर्दै आएका छन् । गत पुस १ गते महासंघले ४८ घण्टे अल्मिटेम पछि गत सोमवार महासंघले पहिलो चरण अन्तर्गत सोमवारैदेखि पुस १२ गतेसम्म गर्ने संघर्षका कार्यक्रम सार्वजनिक गरेको हो ।

आन्दोलनअनुसार पुस ६ गतेदेखि १२ गतेसम्म सप्तरी प्रहरीको औपाचारिक कार्यक्रम बहिष्कार गर्ने, पुस ७ गतेदेखि १२ गतेसम्म सप्तरी प्रहरीका प्रमुख सहभागी भएको जुनसुकै कार्यक्रम बहिष्कार गर्ने, पुस ८ गते सुर्खेतमा आयोजना हुने नेपाल पत्रकार महासंघको केन्द्रीय साधारण सभास्थलमा दोषीलाई कारबाही र पीडित पत्रकारलाई न्यायको मागसहितको ब्यानर प्रदर्शन गर्ने र पुस १२ गतेसम्म पनि मागप्रति स्थानीय प्रहरी–प्रशासन गम्भिर नभए दोस्रो चरणको आन्दोलनमा जाने जनाएको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस

केतपाई बेभसाईट या एपलिकेशन बनाउन चाहनुहुन्छ? न्यूज पोर्टल बेभसाईट मात्र रु १५०००। बार्षिक रुपमा बुझाई बनाउन सकिनेछ । सम्पर्कः उमेश कुमार यादव 9804752133 BUSINESS WITH TECHNOLOGY PVT. LTD. Rupani Road, Rajbiraj Om Shanti Marg, Near at NTC Tower, Rajbiraj 56400 , 9804752133, 031-530780