इन्धनको मूल्यसँगै घट्यो हवाई भाडा, कहाँ जान कति ?

जनकपुरधाम – इन्धनको मूल्य घटेसँगै हवाइ भाडा पनि घटेको छ । सरकारको निर्देशनमा आईतबार आयल निगमले इन्धनको मूल्य घटाएको थियो ।

यो सँगै हवाई भाडा घटाइएको वायुसेवा सञ्चालक संघले जनाएको छ । जसमा सबैभन्दा धेरै काठमाडौंबाट धनगढीको उडानमा ८८५ रुपैयाँ घटेको छ ।

यो सँगै अब काठमाडौंबाट धनगढी जाने यात्रुले एकतफी भाडा ७ हजार ५१० रुपैयाँ तिर्नुपर्ने छ । त्यस्तै काठमाडौंबाट हुने माउन्टेन फ्लाइटमा ६८५ रुर्पैयाँ भाडा घटेको छ । यो सँगै अब ५८३५ रुपैयाँ तिरे पुग्छ । यसअघि ६५२० तिर्नु पर्दथ्यो ।

काठमाडौंबाट विराटनगरका लागि ४८५, जनकपुरका लागि २६०, भरतपुरका लागि २१५, पोखराका लागि ३२० रुपैयाँ भाडा घटेको हो । यसअघि विराटनगरका लागि ४५६५ रुपैयाँ तिर्नु पर्थ्यो । त्यस्तै यसअघि २४४५, भरतपुर २०३५ र पोखरा ३०१५ भाडा थियो ।

त्यस्तै काठमाडौंबाट भद्रपुरका लागि ६०० रुपैयाँ, भैरहवाका लागि ४१०, नेपालगन्जमा ६५५, तुम्लिङटारका लागि ३७०, सिमराका लागि १८०, सुर्खेतका लागि ६९० र राजविराजका लागि ४११ रुपैयाँ भाडा घटेको छ।

Author:



क्याटोगरी छान्‍नुहोस