नागरिकता विधेयक तुरून्तै पारित गरौं- यादव

जनकपुरधाम । जनता समाजवादी पार्टीका संसदीय दलका नेता रामसहायप्रसाद यादवले नागरिकता विधेयक यस संसदले पारित गर्न पर्ने बताएका छन्।

सोमबार प्रतिनिधिसभा सदस्यको पहिलो बैठकमा सम्बोधन गर्दै उनले नागरिकता विधेयक पारित नहुँदा नागरिकहरू अनागरिक हुन बाध्य भएको बताए।

‘देशका अधिकांस नागरिक अनागरिक भएर बसेका छन्। जन्मसिद्धका सन्तान अहिले पनि आमबुवा नागरिक र आफै अनागरिक भएर बसेका छन्। कयौं आत्महत्या गर्नुपर्ने अवस्थामा छन्,’ उनले भने, ‘आज दुबै सदनबाट पारित भएर दुई-दुई चोटी राष्ट्रपति कार्यालयमा थन्किएका छन्। अब एक महिनाभित्र होइन, तुरून्त पारित गरेर नागरिकलाई नागरिक बनाउन प्रतिबद्धता जाहेर गरौं।’

सत्ता गठबन्धनले एक महिनाभित्र नागरिकता विधेयक पारित गर्ने जनाएको छ।

Author:



क्याटोगरी छान्‍नुहोस