मधेश प्रदेशमा जसपा संसदीय दलको नेतामा सरोज

जनकपुरधाम – जनता समाजवादी पार्टी (जसपा) नेपालको मधेस प्रदेशमा संसदीय दलको नेता चयन भएका छन् । संसदीय दलको नेता चयन गर्नका लागि सोमबार निर्वाचन तोकिएको थियो ।

दलको नेताका लागि मुख्यमन्त्री लालबाबु राउत र निवर्तमान सभामुख सराज यादवले उम्मेदवारी दिएका थिए । तर, अन्तिम समयमा राउतले यादवलाई नै समर्थन जनाएपछि यादव निर्विरोध दलको नेता चयन भएका हुन् ।

मधेस प्रदेश सभामा जसपाका १६ सांसद छन् ।

Author:



क्याटोगरी छान्‍नुहोस