सप्तरीको ईटहर्वामा दुई दिने माघी महोत्सव

राजविराज, १ माघ । सप्तरीको अग्निसाईर कृष्णासवरन गाउँपालिका–२ कलौनी सितापुरस्थित ईटहर्वा बजारमा दुई दिने जिल्लास्तरीय माघी महोत्सव शुरु भएको छ । आइतवार आयोजित एक समारोहका बीच सांसद तेजुलाल चौधरीले महोत्सवको उद्घाटन गरेका हुन् ।

थारु कल्याणकारिणीसभा सप्तरीले माघी महोत्सवको आयोजना गरेको हो । सभाका अध्यक्ष शिव नारायण चौधरीको अध्यक्षतामा आयोजित महोत्सव उद्घाटन समारोहमा नेपाल आदिवासी जनजाति महासंघका पुर्व अध्यक्ष एवम् प्रदेशसभा सदस्यहरु राज कुमार लेखी र अनिरुद्व प्रसाद सिंह यादव, सुरुङ्गा नगरपालिकाकी नगर प्रमुख गिता चौधरीले शुभकामना मन्तव्य व्यक्त गरे ।

त्यस्तै, अग्निसाईर कृष्णासवन गाउँपालिकाका अध्यक्ष दिनानथ चौधरी, प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापा, नेपाल पत्रकार महासंघ सप्तरीका अध्यक्ष श्रावण देव, थारु कल्याणकारिणी सभाका केन्द्रिय सदस्य एवम् महिला विभाग प्रमुख सावित्री चौधरी, नेपाल आदिवासी जनजाति महासंघका पुर्व अध्यक्ष वृजमान तामाङ, नेपाल तामाङ घेदुङ सप्तरीका अध्यक्ष सन्तमान गोले, आदिवासी जनजाति पत्रकार महासंघका पुर्व अध्यक्ष प्रिया सिंह थारु लगायतकाले पनि शुभकामना मन्तव्य व्यक्त गरे ।

प्रमोद चौधरी र शशिकला चौधरीले संयुक्त रुपमा संचालन गरेको कार्यक्रममा स्वागत भने माघी महोत्सव मुल आयोजक समिती सप्तरीका संयोजक मिलन कुमार चौधरीले गरे । महोत्सवमा थारु राष्ट्रिय कलाकारहरु ममता चौधरी, अनुका चौधरी, मनिस चौधरी, ओमप्रकाश सिंह, अन्जनी सिंह थारु लगायतका स्थानीय कलाकारहरुले गीत तथा नृत्य प्रस्तुत गरेका थिए । सो महोत्सवमा थारु परिकार झल्काउने विभिन्न पकवान, थारु भेषभुषा लगायतका थारु मौलिक खानपीनको सयौं स्टलहरु समेत राखिएको जनाइएको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस

कम्प्युटर तालिमको सर्टिफिकेट फाइलमा राख्न होइन, काम जान्ने गरी सिकौ । बर्षौ देखिको अनुभव प्राप्त प्रशिक्षकद्धारा तपाईको कम्प्युटर सिप विकास गर्न हामि प्रतिवद्ध छौं । सम्पर्कः BUSINESS WITH TECHNOLOGY PVT. LTD. Rupani Road, Rajbiraj Om Shanti Marg, Near at NTC Tower, Rajbiraj 56400 , 9804752133, 031-530780