यति एयरलाइन्सका सबै उडान आज स्थगित

जनकपुरधाम – यति एयरलाइन्सले आज सबै उडान स्थगित गरेको छ । आइतबार पोखरामा यति एयरलाइन्सको विमान दुर्घटना भएकाले आइतबार साँझ नै विज्ञप्ति जारी गर्दै यति एयरले आज कुनै पनि उडान नगर्ने जनाएको हो ।

विमान दुर्घटना भएपछि हराइरहेका यात्रुहरुको खोजी तथा उद्धार कार्य सोमबार बिहानदेखि नै सुरु हुने भएको छ । जिल्ला प्रशासन कार्यालय कास्कीका प्रमुख जिल्ला अधिकारी टेकबहादुर केसीका अनुसार सोमबार बिहानदेखि उद्धार कार्य गरिने भएको छ ।

आइतबार दिनभरमा पनि उद्धार कार्य सकिएको थिएन भने रात परेपछि उद्धार तथा खोजी कार्य रोकिएको थियो । विमानमा चालक दलका ४ जना तथा ६८ जना यात्रु रहेकोमा ६९ जनाको शव फेला परेको छ । ३ जना अझै वेपत्ता रहेका छन् ।

Author:



क्याटोगरी छान्‍नुहोस