विमान दुर्घटना : आज शोक विदा, राष्ट्रिय झन्डा आधा झुकाइने

जनकपुरधाम – यति एअरलाइन्सको विमान दुर्घटनामा ज्यान गुमाएकाप्रति शोक प्रकट गर्न सरकारले आज एक दिन शोक बिदा दिएको छ ।

हिजो विहान पोखरामा विमान दुर्घटनापछि बसेको आकस्मिक मन्त्रिपरिषद्को बैठकले देशभर शोक बिदा दिने निर्णय गरेको थियो ।

आन्तरिक उडानमा हालसम्मकै ठूलो क्षति भएको भन्दै मन्त्रिपरिषद् बैठकले शोक बिदा दिने निर्णय गरेको हो । यस्तै आज राष्ट्रिय झन्डा आधा झुकाइने निर्णय गरिएको गृह मन्त्रालयले जनाएको छ । साथै हिजोकै बैठकले विमान दुर्घटनाबारे छानबिन गर्न जाँचबुझ आयोग पनि गठन गरेको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस