मधेस प्रदेशसभाको आजको बैठक स्थगित

जनकपुरधाम –मधेस प्रदेशसभाको आजको बैठक स्थगित गरिएको छ । सरकारले आज शोक बिदा दिएकाले प्रदेशसभाको बैठक स्थगित गरिएको हो ।

आजको प्रदेशसभा बैठकमा मुख्यमन्त्री सरोज यादवले विश्वासको मत लिने र सभामुखका लागि प्रस्तावित नामहरू निर्माणार्थ प्रस्तुत गर्ने कार्यसूची थियो । तर, विमान दुर्घटनाको शोकमा आजको बैठक स्थगित गरिएको प्रदेशसभा सचिवालयका सचिव रञ्जितकुमार यादवले जानकारी दिए ।

सो बैठक मङ्गलवार दिउँसो १ बजेका लागि सारिएको उनले बताए ।

Author:



क्याटोगरी छान्‍नुहोस