धनुषामा पेस्तोलसहित दुई जना पक्राउ

जनकपुरधाम – धनुषामा पेस्तोलसहित दुई जना युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा २६ वर्षीय रोशन महतो र ३६ वर्षीय शंकर महतो छन् ।

मिथिला नगरपालिकास्थित नक्टाझिझ विश्वकर्मा चोकबाट पक्राउ परेका उनीहरुलाई आज पत्रकार सम्मेलन गर्दै सार्वजनिक गरेको हो ।

ईलाका प्रहरी कार्यालय महेन्द्रनगर र जिल्ला प्रहरी कार्यालय धनुषाको संयुक्त प्रहरी टोलीले बिहीबार साँझ विशेष सूचनाको आधारमा खानतलासी गर्दा उनीहरुलाई पेस्तोलसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धुनषाका प्रमुख एसपी विश्वराज खड्काले बताए ।

उनका अनुसार उनीहरुको साथबाट माउजर पेस्तोल १ थान, सो पेस्तोलमा लोड गरिएको म्याग्जिन १ थान र म्याग्जिनमा लोड गरिएको २ थान गोली बरामद गरिएको छ । उनीहरुमाथि थप अनुसन्धान भइरहेको जनाएको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस