सबै सरकारी ‘वेबसाइट’ एकैपटक डाउन

जनकपुरधाम – सर्भरमा समस्या आउँदा नेपाल सरकारका सबै सरकारी वेबसाइट एकैपटक डाउन भएका छन् । नेपाल सरकार मातहतमा रहेको ‘जीओभी डट एनपी’ अन्तरगतका वेबसाइटहरु एकैपटक डाउन भएका हुन् ।

राष्ट्रिय सूचना प्रविधि केन्द्रका अनुसार बिहानदेखि नै सर्भरमा समस्या आएको थियो, तर दिउँसोदेखि भने सर्भर डाउन भएको हो ।

सूचना तथा सञ्चार मन्त्रालयका सचिव डा. बैकुण्ठ अर्यालले सर्भरमा समस्या आउँदा सबै सरकारी कार्यालयका वेबसाइट डाउन भएको बताए । ‘सबै कार्यालयका वेबसाइट डाउन भएको छ’ उनले भने, ‘छिट्टै सञ्चालनमा ल्याउने गरी काम भइरहेको छ ।’

Author:



क्याटोगरी छान्‍नुहोस