सदा परिवारलाई आर्थिक सहयोग

राजविराज – ‘राजविराज टुडे दैनिक’ पत्रिका प्रकाशक शम्भु झाले शितलहरबाट ज्यान गुमाएका परिवारलाई आर्थिक सहयोग गरेका छन् ।

शितलहरका कारण जिल्लाको हनुमाननगर कंकालिनी नगरपालिका–७ का गुलाई सदाको माघ ८ गते मृत्यु भएको थियो । आर्थिक रुपमा अत्यन्तै कमजोर रहेका ती परिवारलाई किरिया खर्च वापत झाले १० हजार ५ रुपैयाँ सहयोग गरेका हुन् । हनुमाननगर कंकालिनी नगरपालिका–१ निवासी झा जनता समाजवादी पार्टी (जसपा) नेपालका नेता समेत हुन् ।

आइतवार पत्रिकाका समाचार प्रमुख धर्मपाल राउतले सदाको घरमै पुगेर उनकी श्रीमति बहुकीदेवी सदालाई सहयोग रकम हस्तान्तरण गरेका छन् । राउतसँगै वडा सदस्य राजेशप्रसाद दास, सचिव योगेन्द्र ढकाल, पत्रकार राजेन्द्र मिश्र लगायतको उपस्थिति थियो ।

Author:



क्याटोगरी छान्‍नुहोस