चितवन–२ मा वैशाख १० गते उपनिर्वाचन गर्ने निर्णय

जनकपुरधाम – निर्वाचन आयोगले रिक्त रहेको चितवन क्षेत्र नम्बर २ मा आगामी वैशाख १० गते उपनिर्वाचन गराउने भएको छ । आयोगले प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि मिति समेत तोकेको हो।

आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले वैशाख १० गते आइतबार चितवन २ मा उपनिर्वाचन गर्ने निर्णय भएको बताए । गत मंसिर ४ मा भएको निर्वाचनमा यस क्षेत्रबाट राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने निर्वाचित भएका थिए।

तर उनको नागरिकतासम्बन्धी मुद्दामा सर्वोच्च अदालतले उनको पद बदर गरिदिएको थियो। त्यसपछि आयोगले उपनिर्वाचन मिति तोकेको हो।

Author:



क्याटोगरी छान्‍नुहोस

कम्प्युटर तालिमको सर्टिफिकेट फाइलमा राख्न होइन, काम जान्ने गरी सिकौ । बर्षौ देखिको अनुभव प्राप्त प्रशिक्षकद्धारा तपाईको कम्प्युटर सिप विकास गर्न हामि प्रतिवद्ध छौं । सम्पर्कः BUSINESS WITH TECHNOLOGY PVT. LTD. Rupani Road, Rajbiraj Om Shanti Marg, Near at NTC Tower, Rajbiraj 56400 , 9804752133, 031-530780