अबको योजनामा दलित, महिला र सिमान्तकृतको मुद्दा सम्बोधन हुन्छ : डा. राउत

कञ्चनपुर (सप्तरी) – राष्ट्रिय योजना आयोगका सदस्य डा. जयकान्त राउतले राजनीतिक दलहरुको प्रमुख एजेण्डा दलित अधिकार र दलित सशक्तिकरण भएता पनि अहिलेसम्म कार्यान्वयन नभएको बताएका छन् ।

दलित सरोकार मञ्चले सोमबार आयोजना गरेको दलित अधिकार कायान्वयनका लागि राष्ट्रिय योजना आयोगको भूमिका विषय अन्तरक्रियामा उनले यस्तो बताएका हुन् ।

‘जबसम्म समुदायका दलित गरिबहरुको उन्नती हुँदैन तबसम्म देशको विकास हुन सक्दैन’ उनले भने, ‘अहिलेसम्म दलित सिमान्तकृत समुदायको विकास नहुनुको कारण प्रति राजनीतिक दल र संघ संस्थाले इमान्दारिरता देखाएको छैन् ।’

डा. राउतले आयोगले तयार गर्ने आगामी १६ औं योजनामा दलित, महिला र सिमान्तकृत समुदायको मुद्दालाई सम्बोधन गरिने प्रतिबद्धता व्यक्त गरे । दलित सरोकार मञ्च नेपालले राष्ट्रिय योजना आयोगका सदस्य डा. राउतलाई ज्ञापन पत्र समेत बुझएका छन् । ज्ञापन पत्रमा दलित सशक्तिकरणका लागि अल्पकालिन र दिर्घकालिन योजना बनाउनका लागि माग गरिएको छ ।

दलित र सिमान्तकृत समुदायका शिक्षा, स्वास्थ्य, रोजगारीमा दलितहरु प्राथमिकतामा राखेर नीति बनाउनुपर्ने जोड दिइएको छ । संयुक्त दलित सर्घष समिति कञ्चनरुप नगरपालिकाका संयोजक रामदेव शर्मा खत्वे र मञ्चका कार्यकारी निर्देशक भोलाकुमार पासवानले ज्ञापन पत्र बुझाएका थिए ।

उक्त कार्यक्रममा राष्ट्रिय योजनाआयोगका सदस्य डा.राउतलाई सम्मान समेत गरिएको छ । कार्यक्रममा दलित सरोकार मञ्चका कार्यकारी निर्देशक भोलाकुमार पासवानले आयोगमा मधेशी, दलित, महिला र सिमान्तकृत समुदायबारे आयोगले व्यवहारमा कार्यान्वयन गर्ने गरि योजना बनाउनुपर्नेमा जोड दिइएको थियो ।

Author:



क्याटोगरी छान्‍नुहोस