सिरहामा १० जनालाई कैदमाफी, ६ जना सवारी ज्यान मुद्दाका

जनकपुरधाम । प्रजातन्त्र दिवसको अवसरमा राष्ट्रपतिबाट कैद मिनाहा भएका १० जना सिरहा कारागारबाट रिहा भएका छन्।

७२औँ प्रजातन्त्र दिवसको अवसरमा विभिन्न मुद्दामा कारागारमा कैद भुक्तान गरिरहेका १० जनालाई रिहा गरिएको हो। कैद मिनाहा भई रिहा हुनेमा ६ जना सवारी ज्यान मुद्दाका रहेका छन् भने एक जना बहुबिवाह, एक जना नकवजनी चोरी र एक जना डाका मुद्दाका छन्।

सवारी ज्यान मुद्दामा कैद भुक्तान गरिरहेका कल्याणपुर नगरपालिका–१ का रमेश माझी, नरहा गाउँपालिका–५ का दिपक कुमार यादव, लहान नगरपालिका–५ का प्रकाश विश्वकर्मा, नवराजपुर गाउँपालिका–५ का गजेन्द्र प्रसाद चौधरी, लक्ष्मीपुर पतारी गाउँपालिका–४ का मो रजाबुल मिया र गोलबजार नगरपालिका–११ का शत्रुधन सदाय छन्।

यस्तै नकवजनी चोरीमा कैद रहेका सुखिपुर नगरपालिका–१ का दिलिप कुमार यादव, डाका मुद्दाका विष्णुपुर गाउँपालिका–१ का ब्रहम्देव यादव र बहुबिबाह मुद्दाका गोलबजार नगरपालिका–९ का श्याम कुमार महरा रहेको कारागार प्रमुख भवेश कुमार झाले बताएका छन्।

कारागार विभागको कैद मिनाहा भएको र रिहा गर्न पत्राचार भएको आधारमा १० जनालाई कैदवाट रिहा गरिएको प्रमुख झाले बताएका छन्।

Author:



क्याटोगरी छान्‍नुहोस

कम्प्युटर तालिमको सर्टिफिकेट फाइलमा राख्न होइन, काम जान्ने गरी सिकौ । बर्षौ देखिको अनुभव प्राप्त प्रशिक्षकद्धारा तपाईको कम्प्युटर सिप विकास गर्न हामि प्रतिवद्ध छौं । सम्पर्कः BUSINESS WITH TECHNOLOGY PVT. LTD. Rupani Road, Rajbiraj Om Shanti Marg, Near at NTC Tower, Rajbiraj 56400 , 9804752133, 031-530780