महबुबसहित म्याच फिक्सिङ मुद्दाका तीनै जनालाई धरौटीमा छाड्न आदेश

काठमाडौँ – म्याच फिक्सिङको आरोपमा पक्राउ परेका तिनै जनालाई धरौटीमा छाड्न जिल्ला अदालत काठमाडौँले आदेश दिएको छ ।

बुधबार भएको थुनछेक बहसपछि महबुब आलम, मोहम्मद आदिल अन्सारी र नितेश गुप्तालाई न्यायाधीश राजेन्द्रकुमार श्रेष्ठको एकल इजलासले ३ लाख रुपैयाँ धरौटीमा छाड्ने आदेश दिएको जिल्ला सरकारी वकिल कार्यालयका प्रमुख अच्युतमणि नेपाउनेले जानकारी दिए ।

काठमाडौंको कीर्तिपुरमा ९ देखि २७ पुसमा भएको नेपाल टी–२० प्रतियोगितामा म्याच फिक्सिङ भएको आशंकामा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले अनुसन्धानको क्रममा आलम, आदिल अन्सारी र नितेश गुप्तालाई पक्राउ गरेको थियो ।

 

Author:



क्याटोगरी छान्‍नुहोस