जनकपुरधाममा नेपाल–भारत सुरक्षाकर्मीको संयुक्त बैठक

जनकपुरधाम – धनुषाको जनकपुरधामममा शनिबार नेपाल र भारतका सुरक्षाकर्मीको संयुक्त बैठक सम्पन्न भएको छ । सीमा सुरक्षा व्यवस्थामा कडाई गर्दै अपराधका सूचना एक–आपसमा आदान–प्रदान गर्ने समझदारी बनेको हो।

सीमा स्तम्भ अनुगन गरी आवश्यकता अनुसार मर्मत सम्भार गर्ने र लागूऔषध ओसारपसारका साथै आपराधिक क्रियाकलाप कडाइसाथ नियन्त्रण गर्ने निर्णय भएको धनुषाका सहायक प्रमुख जिल्ला अधिकारी अनुज भण्डारीले जानकारी दिए ।

बैठकमा नेपालको तर्फबाट धनुषाका प्रमुख जिल्ला अधिकारी काशीराज दाहाल र भारतबाट मधुवनी जिल्लाका डिएम अरविन्दकुमार बर्माले नेतृत्व गरेका थिए । बैठकमा मधेश प्रदेशका विभिन्न जिल्लाका प्रमुख जिल्ला अधिकारी, नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धानका जिल्ला प्रमुखहरुको सहभागिता रहेको थियो ।

Author:



क्याटोगरी छान्‍नुहोस

केतपाई बेभसाईट या एपलिकेशन बनाउन चाहनुहुन्छ? न्यूज पोर्टल बेभसाईट मात्र रु १५०००। बार्षिक रुपमा बुझाई बनाउन सकिनेछ । सम्पर्कः उमेश कुमार यादव 9804752133 BUSINESS WITH TECHNOLOGY PVT. LTD. Rupani Road, Rajbiraj Om Shanti Marg, Near at NTC Tower, Rajbiraj 56400 , 9804752133, 031-530780