राजविराज – मोटरसाइकल दुर्घटनामा परेर घाईते भएका सप्तरीको बलान विहुल गाउँपालिका–४ का वडा सचिव रामबाबु यादवको उपचारको क्रममा मृत्यु भएको छ । हुलाकी सडक खण्ड अन्तर्गत सोही गाउँपालिका–२ स्थित चन्ही चौकमा फागुन ४ गते दिउँसो उनी दुर्घटनामा परेका थिए ।
बेल्हीबाट कुशाहतर्फ जाँदै गरेको ना ४ प ९३०१ नम्वर मोटरसाइकललाई बोदेबरसाईनबाट भगवानपुरतर्फ जाँदै गरेको प्र१–०२–४५ प ९२११ नम्वरको मोटरसाइलकले बाटो क्रस गर्ने क्रममा ठक्कर दिएको थियो । ठक्करबाट ९३०१ नम्वरको मोटरसाइकलमा सवार रहेका सोही वडाका ५५ वर्षीय यादव गम्भीर घाईते भएका थिए ।
उनको न्यूरो अस्पताल विराटनगरमा उपचारको शुक्रवार दिउँसो मृत्यू भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक नरेशकुमार सिंहले जानकारी दिए । दुर्घटना बारे थप अनुसन्धान भईरहेको जनाएको छ ।