मधेश प्रदेशका आदिवासी जनजाति प्रदेशसभा सदस्य सम्मानित

राजविराज – आदिवासी जनजाति पत्रकार महासंघ मधेश प्रदेशले मधेश प्रदेशका आदिवासी जनजाति प्रदेशसभा सदस्यहरुलाई सम्मान गरेको छ ।

महासंघले शनिवार जनकपुरधाममा आयोजना गरेको समारोहकाबीच प्रदेशसभा सदस्यहरुलाई सम्मान गरेको हो । महासंघ मधेश प्रदेश समितिका अध्यक्ष दुष्यन्त चौधरीको अध्यक्षता तथा मधेश प्रदेशको सभामुख रामचन्द्र मण्डलको प्रमुख आतिथ्यमा आयोजना गरिएको कार्यक्रममा सभामुख मण्डल, प्रदेशसभा सदस्यहरु बेची कुमारी लुङ्गेली, ममता कुमारी मण्डल, उर्मिला कुमारी सिंह थारु, भाग्यश्री कुमारी चौधरी लगायतका १५ जना आदिवासी जनजातिलाई सम्मान गरिएको छ ।

त्यस्तै, आमसञ्चार प्रधिकरण मधेश प्रदेशका अध्यक्ष श्यामसुन्दर यादव, नेपाल पत्रकार महासंघ धनुषाका अध्यक्ष मोनिका झालाई समेत सम्मान गरिएको छ । मधेश प्रदेशका आदिवासी जनजाति सांसदहरुको सम्मान तथा आदिवासी जनजाति पत्रकारको सवाल विषयक अन्तरक्रिया कार्यक्रममा प्रमुख अतिथि मण्डल, आदिवासी जनजाति पत्रकार महासंघका संघीय वरिष्ठ उपाध्यक्ष लक्की चौधरी, प्रदेशसांसद बेची कुमारी लुङ्गेली, ममता कुमारी मण्डल, उर्मिला कुमारी सिंह थारु, भाग्यश्री कुमारी चौधरी, आमसंचार प्रधिकरणका अध्यक्ष यादव, नेपाल पत्रकार महासंघ मधेश प्रदेश अध्यक्ष राजेश कर्ण, आदिवासी जनजाति महासंघ धनुषाका अध्यक्ष जमुना भुजेल, नेपाल पत्रकार महासंघ धुनुषाका सचिव बटुल झालगायतकाले मन्तव्य व्यक्त गरे ।

आदिवासी जनजाति पत्रकार महासंघ मधेश प्रदेशका महासचिव बृजमान तामाङद्वारा संचालित कार्यक्रममा स्वागत उपाध्यक्ष प्रिया सिंह थारुले गरेकी थिइन ।

Author:



क्याटोगरी छान्‍नुहोस