मधेशी आयोगका अध्यक्ष र बङ्गलादेशी सरकारका प्रतिनिधिबीच भेट

जनकपुरधाम – नेपाल भ्रमणमा रहेका बङ्गलादेश सरकारका प्रतिनिधिहरू, बङ्गलादेश मानवअधिकार आयोगका पदाधिकारी तथा मानवअधिकारकर्मी सम्मिलित उच्चस्तरीय टोलीले बिहिवार मधेशी आयोगका अध्यक्ष डा.विजयकुमार दत्त सहित आयोगका पदाधिकारीहरूसँग भेट गरेका छन् ।

सो भेटमा बङ्गलादेशी टोलीले मधेशको सिराहा र सप्तरी जिल्लामा बङ्गलादेश सरकारको सहयोगमा विभिन्न समाज कल्याण सम्बन्धित आयोजनाहरू सञ्चालनमा रहेको जानकारी गराउँदै सो आयोजनामा आयोगको तर्फबाट सहयोग गर्न अध्यक्ष डा.दत्तलाई अनुरोध गरेका छन् ।

सो भेटघाटमा दुवै देशमा मानवअधिकारको अवस्था तथा चुनौतीको विषयमा समेत छलफल भएको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस