उपराष्ट्रपतिमा रामसहायप्रसाद यादवको उम्मेदवारी कायमै रहने निर्णय

राजविराज – निर्वाचन अधिकृतको कार्यालयले उपराष्ट्रपतिका उम्मेदवार रामसहायप्रसाद यादवको उम्मेदवारी कायमै रहने निर्णय गरेको छ ।

सहायक निर्वाचन अधिकृत अमृता शर्मा पौडेलले यादवको उम्मेदवारी बदर नहुने निर्णय गरेको जानकारी दिइन् ।

राष्ट्रपतिमा पुरुष उम्मेदवार निर्वाचित भइसकेका कारण उपराष्ट्रपतिमा यादवको उम्मेदवारी संविधानविपरीत रहेको दाबीसहित उजुरी दर्ता गरिएको थियो ।

यादवको उम्मेदवारी खारेजको माग गर्दै नेकपा एमालेका उम्मेदवार अष्टलक्ष्मी शाक्य र जनमत पार्टीकी उम्मेदवार ममता झाले निर्वाचन अधिकृतको कार्यालयमा उजुरी दिएका थिए ।

तर संविधानको व्यवस्थाअनुसार महिला नै हुनुपर्ने नभएको भन्दै आयोगले यादवको उम्मेदवारी खारेज गर्नु नपर्ने स्पष्ट पारेको हो ।

Author:



क्याटोगरी छान्‍नुहोस