सत्ता गठबन्धनको बैठकमा सरकार विस्तारबारे छलफल

काठमाडौं । सत्ता गठबन्धनको बैठकमा सरकार विस्तारबारे छलफल भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार साँझ बसेको गठबन्धनको कुनै ठोस सहमति हुन नसकेको कांग्रेस नेता रमेश लेखकले बताए ।

उनका अनुसार आजको बैठकमा दलहरुबीच मन्त्रिपरिषद् विस्तारबारे प्रारम्भिक छलफल मात्रै भएको छ । लेखकले भने, ‘सरकार विस्तार गर्ने विषयमा प्रारम्भिक छलफल भएको छ । मूलतः यसकै विषयमा कुराकानी भएको छ ।’

उनले सरकार विस्तारबारे छलफल भएको बताए । कुन पार्टीले कति मन्त्रालय पाउने भन्नेबारे छलफल हुन बाँकी रहेको उनको कथन छ ।

बैठकमा प्रधानमन्त्री प्रचण्डसहित कांग्रेस सभापति शेरबहादुर देउवा, उपसभापति पूर्णबहादुर खड्का, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव सहभागी थिए ।

Author:



क्याटोगरी छान्‍नुहोस