मधेश प्रदेश : अस्पतालको जेनेरेटरमा आगलागी, डायलासिस गराइरहेका बिरामीको मृत्यु

जनकपुरधाम । प्रादेशिक अस्पताल सिरहाको जेनेरेटरमा आगलागी भएको छ। आगलागीको कारणले प्रादेशिक अस्पताल सिरहामा डायालासिस गराइरहेका एकजनाको मृत्यु भएको हो।

मृत्यु हुनेमा सिरहाको बरियारपट्टी गाउँपालिका– खोक्सीका ६५ वर्षीय प्रदीपकुमार दास छन्। डायालासिस वार्डको छेउमै राखिएको जेनेरेटरमा आगलागी भएपछि वाडमा भागाभाग भएको थियो। त्यस क्रममा डायालासिस गराइरहेका दासलाई रगतकाे कमी भएकोले रगत चढाइएकाे थियाे।

आगलागी भएको जानकारी पाएपछि वार्डमा खटिएका स्वास्थ्यकर्मीले रगतको पाइप चुडाइदिएको र क्याब नलगाउँदा बिरामीको अत्याधिक रक्तश्राव भएको थियो।

अत्याधिक रक्तश्रावका कारण गम्भीर बनेका दासको उपचारको क्रममा मृत्यु भएको हो। आगलागीको समयमा आठजना बिरामीले डायालासिस गराइरहेका थिए।

पहिलेदेखि सिकिस्त दासकाे उपचारको क्रममा मृत्यु भएको सूचना अधिकारी अशोक सिंहले बताए। ‘जेनेरेटर चल्दै क्रममा आगलागी भयो,’ सूचना अधिकारी सिंहले भने,‘उपचार गराउँदै गरेकालाई पछि आकस्मिक कक्षमा उपचार गराए पनि जोगाउन सकिएन।’

अरु वार्डमा पनि भर्ना भएका बिरामीहरुको भागभाग भएको थियो । डायालासिस, एचडियू, प्रसुति वार्डलगायतमा भर्ना भएका बिरामी आगलागीबाट बच्न बाहिर निस्किएका थिए। यतिबेला अस्पतालका मेसु डा नागेन्द्रप्रसाद यादव नेपालबाहिर छन्।

Author:



क्याटोगरी छान्‍नुहोस

केतपाई बेभसाईट या एपलिकेशन बनाउन चाहनुहुन्छ? न्यूज पोर्टल बेभसाईट मात्र रु १५०००। बार्षिक रुपमा बुझाई बनाउन सकिनेछ । सम्पर्कः उमेश कुमार यादव 9804752133 BUSINESS WITH TECHNOLOGY PVT. LTD. Rupani Road, Rajbiraj Om Shanti Marg, Near at NTC Tower, Rajbiraj 56400 , 9804752133, 031-530780