हुबहु समाचार सार्ने १८३ अनलाइनलाई काउन्सिलले गर्‍यो कारबाही

जनकपुरधाम–प्रेस काउन्सिल नेपालले पछिल्लो डेढ वर्षमा हुबहु समाचार सार्ने १ सय ८३ अनलाइनलाई कारबाही गरेको छ।

काउन्सिलले बुधवार एक विज्ञप्ति जारी गर्दै गत आर्थिक वर्षयता हालसम्म समाचार हुबहु चोरी गरी सार्ने, अनुमति नलिने ती अनलाइन सञ्चारमाध्यमलाई कारबाही गरेको जनाएको हो ।

कारबाहीमा परेकामध्ये १४३ सञ्चार माध्यमलाई स्पष्टीकरण सोधिएको छ भने ११ वटालाई सचेत गराइएको छ । प्रेस काउन्सिल पत्रकार आचारसंहिता अनुगमन उपसमितिको बैठकबाट ८९ वटा मिडियालाई सचेत समेत गराउने निर्णय भएको जनाएको छ ।

काठमाडौं । पछिल्लो डेढ वर्षमा हुबहु समाचार सार्ने १८३ अनलाइनलाई प्रेस काउन्सिलले कारबाही गरेको छ । काउन्सिलले आज एक विज्ञप्तिमार्फत गत आर्थिक वर्षयता हालसम्म समाचार हुबहु चोरी गरी सार्ने, अनुमति नलिने १८३ अनलाइन सञ्चारमाध्यमलाई कारबाही गरेको जनाएको हो ।

कारबाहीमा परेकामध्ये १४३ सञ्चार माध्यमलाई स्पष्टीकरण सोधिएको छ भने ११ वटालाई सचेत गराइएको छ ।

‘मिडियाका रूपमा दर्ता सूचीकरण नभएका २९ वेब पोर्टललाई आवश्यक कारबाहीका लागि नेपाल दूरसञ्चार प्राधिकरणमा पत्राचार भइसकेको छ’ काउन्सिलका सहप्रशासकीय अधिकृत रामशरण बोहराद्वारा जारी विज्ञप्तिमा भनिएको छ।

Author:



क्याटोगरी छान्‍नुहोस