सप्तरीका दुग्ध उत्पादक कृषकले गरे चक्काजाम (फोटो फिचर)

राजविराज–सरकारी मातहतमा रहेको दुग्ध विकास संस्थान (डीडीसी)सहितकाले दुध खरिद गरेको ८ करोडभन्दा बढी रुपैयाँ वक्यौता नदिएको भन्दै आन्दोलित सप्तरीका दुग्ध उत्पादक कृषकहरुले चक्काजाम गरेका छन् ।

यसअघि मंगलबार ११ बुँदे मागसहित प्रमुख जिल्ला अधिकारी (सिडिओ)लाई ज्ञापन–पत्र बुझाएका उनीहरुले बिहिवार दिउँसो पूर्व पश्चिम राजमार्ग अन्तर्गत महुलीमा १ घण्टा चक्काजाम गरेका हुन् ।

केन्द्रीय दुग्ध सहकारी संघको अगुवाइमा आन्दोलन थालिएको हो । जिल्लाका किसानले उत्पादन गरेका दुध विभिन्न सहकारी संस्थामार्फत संकलन गरी दुग्ध विकास संस्थान, विराटनगर दुग्ध वितरण आयोजना र निजी दुग्ध व्यवसायीहरुले विक्री वितरण गरिएका दुधको विगत ८ महिनादेखि भुक्तानी नदिएको दुग्ध उत्पादक सहकारी संघ सप्तरीका अध्यक्ष दिपेन्द्रकुमार आचार्यले बताए ।

उनका अनुसार नेपाल सरकारले तोकेको मूल्यभन्दा कम आफुखुशी मूल्य तोक्ने, नियमित रुपमा दुध खरिद नगर्ने, आदी समस्या भई संघले विभिन्न सरोकारवालासँग छलफल गरी यो समाधानका लागि केन्द्रीय दुग्ध सहकारी संघले दुध विक्री वापतको रकम पाउनुपर्ने सहितका ०८० मंसिर २६ गते सरकारसँग सम्झौता भएको भन्दै उक्त सम्झौता कार्यान्वयनको लागि समेत माग गरिएको छ ।

फागुन ९ गतेदेखि नै थालिएको आन्दोलनतहत फागुन २१ गतेदेखि माइतिघर मण्डलामा धर्ना तथा विरोध प्रदर्शन गर्ने आन्दोलनका कार्यक्रम रहेको दुग्ध उत्पादक सहकारी संघ सप्तरीका सदस्य सचिव जगरनाथ मण्डलले जानकारी दिए ।

तस्बिरः विद्यानन्द राम/मधेशलाईभ

Author:



क्याटोगरी छान्‍नुहोस

कम्प्युटर तालिमको सर्टिफिकेट फाइलमा राख्न होइन, काम जान्ने गरी सिकौ । बर्षौ देखिको अनुभव प्राप्त प्रशिक्षकद्धारा तपाईको कम्प्युटर सिप विकास गर्न हामि प्रतिवद्ध छौं । सम्पर्कः BUSINESS WITH TECHNOLOGY PVT. LTD. Rupani Road, Rajbiraj Om Shanti Marg, Near at NTC Tower, Rajbiraj 56400 , 9804752133, 031-530780