अहिलेको गठबन्धन सरकारबाट जनतालाई केही प्राप्त हुँदैन : महतो

जनकपुरधाम- लोकतान्त्रिक समाजवादी पार्टी छाडेर ‘राष्ट्रिय मुक्ति क्रान्ति’ अभियान थालेका राजेन्द्र महतोले नयाँ बनेको गठबन्धन सरकारबाट जनताले केही पनि नपाउने टिप्पणी गरेका छन् । 

शनिबार जनकपुरधाम विमानस्थलम सञ्चारकर्मीहरुसँग कुरा गर्दै नेता महतो यस्तो बताएका हुन् । ‘अहिलेको गठबन्धन पनि लुटतन्त्र मचाउनका लागि भएकाले नेपाली जनताले केही पनि प्राप्त गर्न सक्दैन’ उनले भने ‘गठबन्धन नेपाली जनताको अधिकार रक्षाका लागि नभई कुर्सी बचाउनका लागि मात्रै हुँदै आईरहेकाले यो गठबन्धन पनि कुर्सीकै खेलका लागि निर्माण भएको हो ।’

नेता महतोले बहुल राष्ट्रिय राज्य नबनेसम्म नेपाल सम्पूर्ण नेपाली जनताको देश बन्न नसक्ने बताए । अहिलेसम्म नेपाल सबै नेपालीको देश बन्न नसकेको बताए ।

Author:



क्याटोगरी छान्‍नुहोस