कोशी, बागमती र गण्डकीमा आंशिक बदली हुने

जनकपुरधाम – पश्चिमी  न्यूनचापीय  प्रणालीको  आंशिक  प्रभाव  रहँदा आज बिहान देशका  पहाडी  भू–भागमा  आंशिक  बदली  रहेको छ । बाँकी  भू–भागको  मौसम  मुख्यतया  सफा  छ  ।

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ ।

आज दिउँसो कोशी, बागमती तथा गण्डकी प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागको मौसम सफा रहने छ । कोशी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

आज राति कोशी, बागमती तथा गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफ रहने छ । आज सूर्योदय बिहान ६ बजेर २० मिनेटमा भयो भने सूर्यास्त साँझ ६ बजेर ९ मिनेटमा हुनेछ ।

Author:



क्याटोगरी छान्‍नुहोस